आइतबार, साउन ३१, २०८३

सोह्रखुट्टेमा स्कुलको छात्रावासभित्र विद्यार्थी मृत फेला

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रावासभित्र एक विद्यार्थी मृत फेला परेका छन्। पाँच कक्षामा पढ्ने १४ वर्षीय अभिषेक तामाङ मंगलबार राति मृत फेला परेका हुन्।

धादिङ घर भएका तामाङ स्कुलको होस्टेलमा कोठाभित्र कराँतेको बेल्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण खुल्न नसकेको प्रहरीले बताएको छ।

प्रकाशित: May 31, 2023| 12:29 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्