बुधबार, भदौ ११, २०८२

भारत र श्रीलंकाबीच एक अर्ब डलरको सम्झौता

 |  बुधबार, जेठ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

vianetvianet

श्रीलङ्काका जनताप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै भारतले मङ्गलबार कोलम्बोसँग औषधि, खाद्यान्न र अन्य वस्तु खरिदका लागि अमेरिकी डलर एक अर्ब ऋण सुविधा प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। 

Kumaribank

भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्डा मोरागोडाले आज उच्चायोग परिसरमा नयाँ दिल्लीस्थित ट्रेड कमिश्नरहरू÷वाणिज्य कूटनीतिज्ञहरूसँग श्रीलङ्कालाई सो सुविधामा सहजीकरण गर्ने बारे अन्तरक्रिया भएको थियो। 

बैठकमा उच्चायुक्त मोरागोडाले सहभागीहरूलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्थाका साथै भारतीय रूपैयाँ व्यापार र भारतसँग योजनाबद्ध आर्थिक एकीकरणको बारेमा जानकारी गराए।

छलफलले भारतको संलग्नतामा त्रिपक्षीय सहयोगलगायत श्रीलङ्कामा आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न विशेष ध्यान केन्द्रित गर्दै व्यापार र वाणिज्यसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको थियो।

यसवर्षको मार्चमा कोष कार्यकारी बोर्डले श्रीलङ्काको आर्थिक नीति र सुधारहरूलाई समर्थन गर्न तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधाअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो। 

Metro Mart


 

प्रकाशित: May 31, 2023| 07:51 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।