आइतबार, साउन ३१, २०८३

रेशम चौधरीको रिहाइविरुद्ध परेको रिटमा आज पेशी

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ।

चौधरीलाई जन्कैद माफी भएपछि घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले सर्वोच्चमा रिट दिएकी थिइन्। रिटमाथि सुनुवाइ गर्न आज बुधबारका लागि पेशी तोकिएको छ।

चौधरीलाई घटनामा मुख्य दोषी देखाउँदै जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको फैसला गरेका थिए। त्यसलाई यही जेठ दुई गते सर्वोच्चले पनि सदर गरेको थयो। सर्वोच्चको फैसला आएको दुई साता नबित्दै चौधरी राष्ट्रपतिबाट माफी पाएर जेलमुक्त भएका छन्।

प्रकाशित: May 31, 2023| 07:01 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्