आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन आरोपितको बयान लिन सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन आरोपितको बयान लिन सुरु

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ। काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ। इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो। 

यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिएको थियो।

प्रकाशित: May 30, 2023| 20:30 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्