बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भीमसेन गाउँपालकाद्वारा विपन्न महिलालाई ढाका बुन्ने मेसिन वितरण

भीमसेन गाउँपालकाद्वारा विपन्न महिलालाई ढाका बुन्ने मेसिन वितरण

 |  मंगलबार, जेठ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

vianetvianet

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले अति विपन्न महिलालाई स्वरोजगार बनाउन तालिमसँगै ढाका बुन्ने मेसिन प्रदान गरेको छ।

Kumaribank

सोह्रौँ गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले भीमसेन थापा लोककल्याणकारी कोषबाट सो मेसिन प्रदान गरेको हो। अति विपन्न रुपा सुनारलाई स्वरोजगार बनाउन ढाका बुन्ने मेसिन प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए।

सुनारलाई गाउँपालिकाले ढाका बुन्ने तालिम समेत निःशुल्क दिएको थियो। तालिम प्रदान गरी दक्ष बनाएर मेसिन उपलब्ध गराएको उनले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै पालिकामा लोककल्याणकारी कोष स्थापना गरेको छ।

सोही कोषबाट सुनारलाई आर्थिक आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले ढाका बुन्ने मेसिन उपलब्ध गराएको हो। लामो समयदेखि आर्थिक अवस्थाका कमजोर भएका कारण दैनिक रुपमा गुजारा चलाउन समस्या भएपछि सुनारलाई गाउँपालिकाले तालिम दिएर आयआर्जन गर्न सक्ने बनाएको थियो।

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि स्थानीय सरकारको प्रत्याभूति गराउने गरी विशेष बहुप्रकोपिय बीमा कार्यक्रममा आवद्ध गराउन तथा अशक्त, असाहाय तथा विपन्नको हकमा विशेष अभियान सञ्चालन गर्न कोषको स्थापना गरेको थियो।

Metro Mart

कोषमा पहिलो गाउँपालिका अध्यक्षले आफ्नो पहिलो महिनाको सेवा सुविधाबाट आएको रकम उपलब्ध गराएर कोषको औपचारिक स्थापना गरेका हुन्।

प्रकाशित: May 30, 2023| 20:54 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्