आइतबार, साउन ३१, २०८३

महोत्तरीस्थित एनएमबी बैंक शाखाबाट दिउँसै रकम लुटपाट

चार अज्ञात व्यक्तिले बैंक शाखाको क्यास काउन्टरमा हतियार देखाएर रकम लुटपाट गरेको प्रहरीको पुष्टि।
 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

काठमाडौं– महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक शाखाबाट मध्यान्ह साढे १२ बजे रकम लुटिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

चार अज्ञात व्यक्तिले बैंक शाखाको क्यास काउन्टरमा हतियार देखाएर रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीपकुमार गिरीले पुष्टि गरे।

प्रहरीले अहिले बैंक शाखा वरपर सिल गरी घटना अनुसन्धान गरिरहेको जनाएको छ। बैंक शाखाले प्रहरीलाई अन्दाजी ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भिक जानकारी गराएको बताएको छ।

प्रकाशित: May 30, 2023| 15:00 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्