आइतबार, साउन ३१, २०८३

महाकालीमा बेपत्ता किशोर अझै भेटिएनन्

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

दार्चुला- दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन्। उनको दुई दिनदेखि खोजि जारी छ। 

महाकाली नगरपालिका–१ धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए। साथिहरुसित नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर सिंहले जानकारी दिए।

बेपत्ता धामीको खोजीकार्य जारी छ। खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संलग्न रहेका छन्। उनी खलङ्गास्थित महेन्द्र नमूना उच्च माविमा कक्षा १० मा अध्ययनरत् थिए। 

प्रकाशित: May 30, 2023| 14:56 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्