बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारतीय संसद्को भित्तेचित्रमा नेपाली भूमिको नाम सरकारको 'नोटिस'मा मात्रै

भारतीय संसद्को भित्तेचित्रमा नेपाली भूमिको नाम सरकारको 'नोटिस'मा मात्रै

भारतको नयाँ संसद् भवनको भित्तेचित्र (मुरल) मा नेपाललगायत मुलुकका जग्गाजमिन आफ्नै ठानेर नाम राखिएको विषयबारे सत्तारुढ दल मौन।
 |  मंगलबार, जेठ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री प्रचण्डको भोलिदेखि सुरु हुने भारत भ्रमणकै पूर्वसन्ध्या १४ जेठमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ संसद् भवन उद्घाटन गरे। प्रधानमन्त्री मोदीले नयाँ संसद् भवन उद्घाटन गर्ने तय भएपछि त्यहाँका १९ राजनीतिक दलले उक्त कार्यक्रम वहिष्कारसमेत गरे।

Kumaribank

भारतको नयाँ संसद् भवनको भित्तेचित्र (मुरल) मा नेपाल, पाकिस्तानलगायत मुलुकका जग्गाजमिन आफ्नो ठानेर नाम राखिएको छ। यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्रालयबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

तर १० दलीय गठबन्धनमा नेकपा माओवादीबाट ऊर्जा तथा सिँचाइमन्त्री बनेका शक्तिबहादुर बस्नेतले आज मात्रै यो विषय सरकारको नोटिसमा रहेको बताएर नागरिक समाज, नागरिक, बुद्धिजीवीलगायतबाट पछिल्लो दुई दिनदेखि व्यक्त प्रतिक्रियाको जवाफ दिएका छन्। 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै छेकोमा प्रधानमन्त्री मोदीले अखण्ड भारतको नाममा छिमेका जिल्ला, गाउँ संसद् भवनकै भित्तेचित्रमा राखेपछि नेपाल तत्काललाई यो विषय उठान नगर्ने पक्षमा देखिएको परराष्ट्र मामलाका जानकारको बुझाइ छ। 

आज बसेको प्रतिनिधिसभाको प्रविधि तथा विकास समिति बैठकमा प्रमुख प्रतिपक्षी एमाले सांसद ठाकुरप्रसाद गैरेले भारतको संसद् भवनमा नेपाली भूमिको नाम रहेको मुरल राखिएको सार्वजनिक भएको विषयमा सरकारसँग चासो राखेका थिए।

Metro Mart

गैरेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले सरकारको नोटिसमा उक्त कुरा रहेको बताएका हुन्। सांसद गैरेले सोधेका थिए, ‘तपाईं प्रधानमन्त्रीको भारत भ्रमण दलको सदस्य पनि हुनुहुन्छ। भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको विषय आएको छ। यस सन्दर्भमा भ्रमणमा के भएको हो? सरकारको ध्यान पुगोस् भन्ने आग्रह गर्न चाहन्छु।’

जवाफमा मन्त्री बस्नेतले भने, ‘यो विषय सरकारको नोटिसमा रहेको छ। कुन प्रकृतिको हो, बुझ्न आवश्यक छ।’ मन्त्री बस्नेतले भारतको बिहारमा पनि ती नामका ठाउँ रहेको कुरा आइरहेको भनेर गैरेलाई शान्त पार्ने प्रयास गरे।
प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमणमा जाने तयारी छ। भारतले केही दिन पहिले मात्रै नयाँ संसद् भवनमा भारतको ‘अखण्ड भारत’ नक्सा राखेको थियो। उक्त नक्सामा लुम्बिनी र कपिलवस्तुलाई पनि भारतभित्र देखाइएको छ।

‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउने बाबुरामको दाबी
पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्तले कूटनीतिक विवाद सिर्जना गरेको बताएका छन्। नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई त्यस भित्तेचित्रमा भारतले आफ्नै भूभाग जसरी दर्शाउँदा द्विपक्षीय सम्बन्धमा दरार ल्याउने बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीटमा भनेका छन्, ‘यसले भारतका निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ। विश्वासको संकटलाई अझ बढाउने सम्भावना छ, भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको अभिप्राय र सन्देशलाई बेलैमा बताउनु उपयुक्त हुन्छ।’

भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ। नक्सामा नेपाल र पाकिस्ताना भूभागसमेत उल्लेख छ। नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ।

यसबारे पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाललगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्ताउन सक्छ। यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि भारतको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्शामा कपिलवस्तु, लुम्बिनी पनि उल्लेख हुनु नितान्त आपत्तिजनक छ भएको बताएका छन्। 
यस विषयमा तत्काल सरकारको धारणा सार्वजनिक हुन जरुरी रहेको उनको भनाइ छ।

The controversial mural of ‘Akhand Bharat’ in the recently inaugurated new Parliament building of India may stoke unnecessary and harmful diplomatic row in the neighborhood including Nepal. It has the potential of further aggravating the trust deficit already vitiating the… pic.twitter.com/dlorSZ05jn

प्रकाशित: May 30, 2023| 13:39 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्