बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणः बालकृष्णका पीए र बादलका सुरक्षा सल्लाहकारको बयान लिइँदै

नक्कली शरणार्थी प्रकरणः बालकृष्णका पीए र बादलका सुरक्षा सल्लाहकारको बयान लिइँदै

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इन्द्रजित राई र नरेन्द्र केसीसँग नक्कली शरणार्थी धन्धा वरपर रहेर केरकार गरिरहेका हुन्।
 |  मंगलबार, जेठ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

vianetvianet

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका अभियुक्तमाथि जिल्ला अदालत काठमाडौंमा आज पनि बयान चलिरहेको छ। सोमबार सार्वजनिक बिदा हुँदा नलिइएको बयान मंगलबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको हो।

Kumaribank

न्यौपानेले पूर्वगृहमन्त्री बालकृष्ण खाणका पीए नरेन्द्र केसी, रामबहादुर थापा बादलका सुरक्षा सुल्लाहकार इन्द्रजित राई र अर्का सन्देश शर्मासँग नक्कली शरणार्थी प्रकरणबारे बयान लिइरहेको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए। 

यसअघि आइतबार अदालतले पाँच जनाको बयान लिइसकेको छ। गत आइतबार इजलासले टंककुमार गुरुङ, सन्दीप रायमाझी र लक्ष्मी महर्जनको बयान लिएको थियो। 

प्रहरीले नक्कली शरणार्थी धन्धा चलाउने ३१ मध्ये १७ जनालाई पक्राउ गरेको छ। बयान सकिएपछि मात्रै थुनछेक बयान हुनेछ। 

नक्कली शरणार्थी प्रकरणमा संलग्न भएकामाथि सरकारले संगठित अपराध, ठगी, राज्यविरुद्धको कसुर, लिखत किर्ते र एकीकृत कसुरमा गत बिहीबार मुद्दा दर्ता गरेको थियो।

Metro Mart

प्रकाशित: May 30, 2023| 13:03 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्