आइतबार, साउन ३१, २०८३

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको अन्तिम फैसला आउँदै 

काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको हो। 
 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दाको अन्तिम फैसला आज आउँदै छ।

काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको हो। पेसीको तेस्रो नम्बरमा परेकाले उक्त मुद्दा आजै सुनुवाइ हुने सम्भावना रहेको बताइन्छ।

यसअघि गत ७ देखि १४ मंसिरसम्म उक्त मुद्दाका पक्ष–विपक्ष दुवैको बयान र बकपत्र पनि राईकै इजलासमा भएको थियो। यसअघि लगातार पेसी तोकेर पनि मुद्दाको फैसला सर्दा अन्तिम सुनुवाइ हुन सकेको छैन।

सोही कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने कार्यक्रमसमेत अनिश्चित बनेको छ। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा पूर्वकप्तान लामिछाने बिदामा रहेको टिम म्यानेजर विनोद दासले बताए। 

सन्दीपले मुद्दाका कारण खेलमा सहभागी हुन कठिन भइरहेको बताएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए। 

प्रकाशित: May 30, 2023| 12:31 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्