काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ खहरे गोठाटारमा बा.५ ख ११६० नम्बरको निशान गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर एकआपसमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा बा.५ ख ११६० नम्बरको गाडी चालक रामेछाप मन्थली गाउँपालिका-७ घर भई हाल काठमाडौं तेजबिनायक बस्ने १९ वर्षीय डिल बहादुर माझीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।साथै दुर्घटनामा घाइते भएका टिपर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
सिरहा, नवराजपुर गाउँपालिका-१ भगवतीपुर चोकस्थित सडकमा स.१० प ६३२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय छविल प्रसाद साहको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बारा, महागढीमाई नगरपालिका-८ थलही पुलस्थित सडकमा प्र.२-०३-०१४ प ६१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पचरौता नगरपालिका-८ बस्ने २१ वर्षीय नितेश चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी बारा, सिम्रौनगढ नगरपालिका-८ कचोर्वामा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका २८ वर्षीय मुक्ति नारायण यादवको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै एलएस न्यूरो हस्पिटल गण्डकमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाम, ईलाम नगरपालिका-७ जिरोस्थित सडक छेउमा रोकी राखेको प्र.१ -१०३- ००१ त ००१२ नम्बरको ट्याक्टरमा मे.११ प ८२१५ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ पुवामझुवा बस्ने २५ वर्षीय संजय राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१० पचेहरा चोकस्थित सडकमा लु.३९ प १५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १९ वर्षीय कम्लेस रैदासको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।
मृत फेला
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी सानो बजार डेरा गरी बस्ने काभ्रेपलान्चोक रोसी गाउँपालिका-४ घर भएका ७६ वर्षीय कृष्ण बहादुर तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन्।
रुकुम (पश्चिम), त्रिबेणी गाउँपालिका-१० भानिपोले भन्ने जंगलमा सोही गाउँपालिका-९ बस्ने २८ वर्षीय जिवन परियार सोमबार मृत अवस्थामा फेला परेका छन्।
पर्सा, ठोरी गाउँपालिका-२ फारलाईन गैरीटोलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।
डुबेर मृत्यु
तनहुँ, ब्यास नगरपालिका-६ मादीबेशी बस्ने प्रकाश शर्माको छोरा १२ वर्षीय संगम शर्माको सोही नगरपालिका-७ स्थित मादीखोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। पौडी खेल्ने क्रममा खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कलेस्ती र प्रहरी चौकी शिसाघाटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।
रोल्पा, माडी गाउँपालिका-४ तार्केवाङस्थित माडी खोलाको रहमा नुहाउने क्रममा डुबेर सोही गाउँपालिका-५ एनावाङ बस्ने पौख बहादुर घर्तीकी छोरी १४ वर्षीया मनमाया घर्तिमगरको सोमबार दिउँसो मृत्यु भएको छ।