शुक्रबार, वैशाख २६, २०८२

निःशुल्क आपत्कालीन हवाई उद्धार गरिने

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- सरकारले निःशुल्क आपत्कालीन हवाई उद्धारलाई निरन्तरता दिने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गभर्वती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपत्कालीन हवाई उद्धार गरिने बताए। 

यस कार्यक्रमअन्तर्गत विपन्न महिला लक्षित जीविकोपार्जन सुधार उद्यमशीलता विकासका लागि प्राविधिक सहयोगलगायतका कार्यक्रमलाई निरन्तरता दिएको अर्थमन्त्री महतले जनाए। 

साथै सरकारले सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउने भएको छ। अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायता वितरण गरी कोशी, लुम्बिनी र कर्णाली प्रदेशको सहकार्यमा अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनाको व्यवस्था मिलाउन बजेट विनियोजन गरेको अर्थमन्त्री महतले बताए। 
 

प्रकाशित: May 29, 2023| 20:47 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्