बुधबार, भदौ ११, २०८२

भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet

काठमाडौं- २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ।

Kumaribank

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ।

लाभग्राहीमध्ये ९५ प्रतिशतले दोस्रो किस्ता लिएका छन। पहिलो किस्ता भने शतप्रतिशत लाभग्राहीले लिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। भूकम्पले भत्किएका पाँच सय सरकारी तथा सार्वजनिक भवनमध्ये चार सय आठको पुनःनिर्माण सम्पन्न भएको छ।

आठ वर्षअघिको भूकम्पले भत्किएका एक हजार एक सय ३६ स्वास्थ्य संस्थामध्ये आठ सय ९१ को पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ।

प्रकाशित: May 29, 2023| 20:32 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्