बिहीबार, भदौ १२, २०८२

गणतन्त्र दिवसको अवसरमा ९७६ कैदीलाई आममाफी

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet

काठमाडौं- सरकारको सिफारिसमा ९७६ जना कैदीले गणतन्त्र दिवसको अवसरमा सजाय माफी पाएका छन्। 

Kumaribank

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती कैदीको बाँकी सजाय मिनाहा गरिदिएका हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ।'

त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन्।  

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार गणतन्त्र दिवसको अवसरमा यसरी कैदीलाई आममाफी दिने व्यवस्था छ। 

Metro Mart

सरकारले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको पनि सजाय मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। उनले माफी पाए-नपाएको खुलेको छैन।

प्रकाशित: May 28, 2023| 18:13 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्