बिहीबार, भदौ १२, २०८२

रेशम छुटाउने सरकारको सिफारिसविरूद्ध सर्वोच्चमा रिट

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet

काठमाडौं- डिल्लीबजार कारागारमा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। २०७२ सालमा कैलालीको टीकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायत उक्त सिफारिस खारेज गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेकी हन्।

Kumaribank

सर्वोच्चमा रिट दर्ता भने भइसकेको छैन। अध्ययनपछि दर्ता गर्ने-नगर्ने निर्णय सर्वोच्च प्रशासनले गर्नेछ। आजमात्रै सरकारले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। यही जेठ दुई गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो।

प्रकाशित: May 28, 2023| 18:09 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्