बिहीबार, भदौ १२, २०८२

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ।

Kumaribank

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ। 
 

प्रकाशित: May 28, 2023| 14:55 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्