मंगलबार, भदौ २, २०८३

मक्कामदिना जाँदै १ हजार ९२ हजयात्री

सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीको व्यवस्थापन गृह मन्त्रालयअन्तर्गतको हज समितिले गरिरहेको छ। 
 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

काठमाडौं– सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ। हालै नयाँ जिम्मेवारी पाएका समिति अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ।

उनका अनुसार सन् २०२३ को हज यात्राका लागि १ हजार ९२ जना छनोटमा परेका छन्। हज यात्री नेपालबाट १६, १७, १८, २०, २१ र २२ जेठमा उडानमार्फत साउदी जाने समितिले जानकारी गराएको छ।

गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ। सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीको व्यवस्थापन गृह मन्त्रालयअन्तर्गत रहेको हज समितिले गरिरहेको छ। 

साउदी सरकारले आफ्नो ठूलो बजेट हज तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरिरहेको छ। यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्का (पवित्र तीर्थस्थल) मा हज (तीर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीको हज यात्राको समग्र व्यवस्थापन गर्नेछ।

समितिले नेपाल हज समिति कार्यविधि, २०७२ अनुसार गर्नेछ। साउदी अरेबियाको सरकारले हजको व्यवस्थापनमा सरसफाइ, सुरक्षा र खानपिन र पिउने पानीको सुविधा उपलब्ध गराउँछ। सन् २०२२ को हजमा नेपालीलाई विदेशमा खाना, खाजा, बास तथा तीर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरिएको थियो।

प्रकाशित: May 27, 2023| 10:35 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्