मंगलबार, भदौ २, २०८३

चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहको र तराईका भू-भागमा हावाहुरीको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: May 27, 2023| 08:39 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्