आइतबार, वैशाख २८, २०८२

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

 |  बुधबार, जेठ १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

vianetvianet

लुम्बिनी- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट आह्वान गरेका छन्। 

triton college

प्रदेश प्रमुख कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट मङ्गलबार सिफारिस भई आएकाले सभाको दोस्रो अधिवेपशन आह्वान भएको जनाइएको छ। 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनका १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस्तै प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले संविधानको धार १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम १ बमोजिम सूचना जारी गरिएको उल्लेख गरेका छन्।  

प्रकाशित: May 24, 2023| 19:09 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्