मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

काठमाडौं-  नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका १६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले २ दिन म्याद थप गरेको छ।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हिरासतमा रहेका १६ जनाकै म्याद २ दिन थपिएको हो। प्रहरीले मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ।

प्रकाशित: May 23, 2023| 17:31 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्