मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप खेल तालिका सार्वजनिक, वेस्ट इन्डिज र जिम्बावे समूहमा नेपाल

विश्वकप खेल तालिका सार्वजनिक, वेस्ट इन्डिज र जिम्बावे समूहमा नेपाल

१० टिमले भाग लिने प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित, वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका परेका हुन्। 
 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

काठमाडौं– आगामी महिना जिम्बावेमा हुने आईसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालसहित, वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका यो समूहमा परेका छन्। 

श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई समूह ‘बी’मा परेका छन्।  नेपालले आफ्नो पहिलो खेल ३ असारमा आयोजक जिम्बावेसँग खेल्नेछ।  ५ असारमा अमेरिका, ७ असारमा वेस्ट इन्डिज र ९ असारमा नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स खेलाइनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्।

सुपर सिक्समा ६ टिमले एकआपसमा प्रतिस्पर्धा गर्नेछन्। सोही प्रतिस्पर्धाबाटै शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

नेपालले आजदेखि २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेर छनोटको तयारी थालेको छ। प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका भ्रमणमा जाने कार्यक्रम छ।

प्रकाशित: May 23, 2023| 15:11 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्