मंगलबार, भदौ २, २०८३

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो। 
 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

काठमाडौं– गण्डकी प्रदेश मुकाम पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्। आज बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको हो।

चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुका १७ वर्षीय संगम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ। पोखरा महानगर–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको बिजुली पोलमा ठोक्किएको थियो।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो। प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।

प्रकाशित: May 23, 2023| 12:47 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्