बिहीबार, फागुन २९, २०८१

धनगढीमा पूर्वराजा ज्ञानेन्द्र- नयाँ नेपाल भनेको यही हो?

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति तिखो टिप्पणी गरेका छन्। आज धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- 'सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ।'

health

उनले नयाँ नेपालप्रति पनि कटाक्ष गर्दै भने, 'के नयाँ नेपाल भनेको यही हो? के अग्रगामी भनेको परावलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन?'

धनगढीमा भएको आफ्नो नागरिक अभिनन्दनमा पूर्वराजा शाहले उच्च तहका नेताहरूको हर्कतले देशको इज्जत र गौरव लोप भएको बताए। उनले भने, 'नेपाली जनतालाई आफ्नो भू-भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै  शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ। देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।'

यस्तो छ पूर्वराजाको लिखित सम्बोधन
 

प्रकाशित: May 22, 2023| 17:27 सोमबार, जेठ ८, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्