शनिबार, वैशाख १५, २०८१

लुम्बिनीमा तीन मन्त्री थपिए

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

लुम्बिनी प्रदेशमा नियुक्त भएका तीनजना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्।

triton college

प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका चन्द्रकेश गुप्ता र जसपाबाट कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका भण्डारीलाल अहिरले शपथ लिएका हुन्।

तीनै मन्त्री आज नियुक्त भएका हुन्। तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। त्यहाँ मुख्यमन्त्रीसहित १० मन्त्रालय छन्। ८ दल र एक स्वतन्त्र गरी ५३ जनाको समर्थनमा चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

गठबन्धनमा ८ दल भएकाले मन्त्रालय भागबण्डा र आफ्नै पार्टी कांग्रेसभित्रको विवादले मन्त्रिपरिषद्‍ विस्तार रोकिएको थियो। विभागीय मन्त्री नभएर बजेट निर्माणमा समस्या परेको दबाब बढेपछि मुख्यमन्त्री चौधरीले सोमबार कांग्रेसबाट १, जनमतबाट १, जसपाबाट १ जना मन्त्री थप गरेका हुन्।
 

प्रकाशित: May 22, 2023| 17:07 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्