बुधबार, भदौ ३, २०८३

बझाङ हिमपहिरोमा दुईजनाको शव भेटियो, एक बेपत्ता

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

बझाङको हिमपहिरोमा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ। सुर्मा गाउँपालिका–३ काँटेकी ३८ वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीको शव भेटिएको प्रहरीले जनाएको छ।

आइतबार सुर्मा गाउँपालिकामा गएको हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए। बेपत्तामध्ये दुई जनाको शव स्थानीयले फेला पारेका हुन्।
जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था भने अज्ञात रहेको छ। उनको खोजी भइरहेको छ।

हिपहिरोमा परी दुई जना घाइते भएका छन्। जयपृथ्वी नगरपालिका–११ चैनपुरका आकाश धामी र सुर्मा गाउँपालिका–३ का बाबजी बोहरा घाइते भएका हुन्। बाबजी मृतक रामकोइलाका श्रीमान् हुन्।

प्रकाशित: May 22, 2023| 10:39 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्