शनिबार, असार १३, २०८३

मुम्बई आईपीएलको प्लेअफमा

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०
National life
Shivam cement

शुभमन गिलको शतकको मद्दतले जारी इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको छ। आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बलअगावै पूरा गरेको हो।

गुजरातका लागि गिलले ५२ बलमा १०४ रन बनाए। उनलाई ५३ रन बनाउँदै विजय शंकरले साथ दिए। बैंग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिए। त्यसअघि विराट कोहलीको शतकको मद्दतले बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो।

गुराजतको जितसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ। आइतबार नै भएको खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो। त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन्।

प्रकाशित: May 22, 2023| 06:09 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्