बुधबार, कात्तिक १२, २०८२

मुम्बई आईपीएलको प्लेअफमा

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०
Kumaribank
Metro Mart

शुभमन गिलको शतकको मद्दतले जारी इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको छ। आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बलअगावै पूरा गरेको हो।

गुजरातका लागि गिलले ५२ बलमा १०४ रन बनाए। उनलाई ५३ रन बनाउँदै विजय शंकरले साथ दिए। बैंग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिए। त्यसअघि विराट कोहलीको शतकको मद्दतले बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो।

गुराजतको जितसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ। आइतबार नै भएको खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो। त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन्।

प्रकाशित: May 22, 2023| 06:09 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्