बुधबार, भदौ ३, २०८३

मदन राईलाई थप ८ दिन थुनामा राख्न अनुमति

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जिल्ला अदालतले थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो।

वैशाख २९ गते पक्राउ परेका राईमाथि अनुसन्धान गर्न अदालतले सुरूमा ७ दिन म्याद दिएको थियो। प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरि उनलाई अदालतमा पेश गरेर म्याद थप्न माग गरेको थियो।

फाउन्डेसनका संस्थापक ७५ वर्षीय राईले आफ्ना संवेदनशील अंगमा हात हाल्न लगाउने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको पीडितहरुले बताएका थिए। राईले अश्लील हर्कत गरेको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

त्यसपछि प्रहरीमा एक बालिकाले राईविरूद्ध जाहेरी दिएकी थिइन्। उक्त जाहेरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 21, 2023| 17:55 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्