बुधबार, भदौ ३, २०८३

सन्दीपको मुद्दामा भएन सुनुवाइ, पीडितको जन्मदर्ता मगाइयो

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुन सकेन। जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ताको उमेरका सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनुवाइ नगरेको हो।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले पीडितको जन्मदर्ता रहेको तादी गाउँपालिकाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ। सो गाउँपालिकाले जाहेरीकर्ताको वास्तविक जन्ममितिका सम्बन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ।

यसैगरी पीडितको जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएको आदेशमा उल्लेख छ। इजलासले फेरि अर्को पत्र ल्याउन भनेको छ।
 

प्रकाशित: May 21, 2023| 17:08 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्