बुधबार, भदौ ३, २०८३

कान्तिपुरमा प्रधान सम्पादक फेरिए

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहन नियुक्त भएका छन्। कान्तिपुर पब्लिकेसन्सले आइतबार चौहानलाई प्रधान सम्पादकमा बढुवा गरेको हो। उनी यसअघि कान्तिपुरका सम्पादक थिए।

कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले चौहानलाई स्वागत गरेका छन्। चौहान प्रधान सम्पादक भएपछि निवर्तमान प्रधान सम्पादक सुधीर शर्मा बिदा भएका छन्। शर्मा करिब १५ वर्षदेखि कान्तिपुरको सम्पादकीय नेतृत्वमा थिए।

कान्तिपुरबाट बिदा भएलगत्तै शर्माले ट्विट गर्दै आफू लेख्ने-पढ्ने काममै रहने बताएका छन्। 'म आजदेखि कान्तिपुरबाट अलग भएको छु। यहाँ काम गर्दा माया र आलोचना गर्ने सबै शुभचिन्तकलाई धेरैधेरै धन्यवाद; लेखक र पाठकहरुमा नमन। कैलाश सर र व्यवस्थापनप्रति आभार। कान्तिपुर न्यूजरुममा एकसेएक उम्दा साथीहरुसँग काम गर्न पाएकोमा मलाई गर्व छ। म लेख्ने-पढ्ने काममै हुन्छु, भेट भइहाल्नेछ।'

प्रकाशित: May 21, 2023| 16:39 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्