बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मुसा काण्डपछि बुद्ध एयरको सूचना- लगेज राम्ररी बन्द गरेर ल्याउनुहोला

मुसा काण्डपछि बुद्ध एयरको सूचना- लगेज राम्ररी बन्द गरेर ल्याउनुहोला

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

काठमाडौं- बुद्ध एयरले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेज राम्ररी प्याक तथा बन्द गरी ल्याउन अनुरोध गरेको छ। जहाजभित्र मुसा भेटिएर उडान नै रोक्नुपरेपछि कम्पनीले यस्तो सूचना जारी गरेको हो।

शनिबार जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्धको जहाजमा देखिएको मुसा आइतबार बल्ल ट्रयापमा परेको छ। जहाजमा मुसा देखिएपछि शनिबर सो उडान स्थगित गरिएको थियो। सोही विमान आइतबार काठमाडौं ल्याएको बुद्ध एयरले जनाएको छ। 

'हिजो जनकपुरमा मुसा देखिएपछि रोकिएका जहाज आज बिहान ट्रयापमा मुसा भेट्टिएको तथा जहाजलाई सम्पूर्ण जाँच गरी २-३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको थियो,' बुद्ध एयरले आइतबार सूचना जारी गर्दै भनेको छ, 'आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ। जहाजलाई थप निरीक्षण गरी आज दिउँसोबाट पुनः व्यावसायिक उडान थालिनेछ।'

कम्पनीले यात्रुलाई आफ्नो लगेज राम्ररी बन्द गरी ल्याउन आग्रह गरेको छ।

हिजो जनकपुरमा 'मुसा' देखिएपछि, रोकिएका जहाज 9N-AJL आज विहान ट्रयापमा 'मुसा' भेट्टिएको तथा जहाजलाई सम्पूर्ण चेकजाँच गरि २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको थियो । आज दिउँसो प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरि आज दिउँसोबाट…

— Buddha Air (@AirBuddha) May 21, 2023

प्रकाशित: May 21, 2023| 15:50 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्