बुधबार, भदौ ३, २०८३

कोलकातालाई हराउँदै लखनउ आईपीएलको प्लेअफमा

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

कोलकाता नाइड राइडर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ। हारसँगै कोलकाता भने प्रतियोगिताबाट बाहिरिएको छ।

इडेन गार्डेनमा घरेलु टोली कोलकाताले टस जितेर फिल्डिङ रोजेको थियो। लखनउले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७६ रन बनायो। जवाफमा कोलकाताले ७ विकेटको क्षतिमा १ सय ७५ रनमात्र बनाउन सक्यो।

यो जितपछि लखनउ १४ खेलबाट १७ अंकसहित तेस्रो स्थानमा रह्यो। पहिलो प्लेअफमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्ने भएका छन्। लखनउले भने एलिमिनेटर खेल्नेछ। 

प्रकाशित: May 21, 2023| 07:57 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्