शनिबार, भदौ १४, २०८२

वट–सावित्री व्रतमा किन गरिन्छ वरको पूजा?

 |  शुक्रबार, जेठ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

vianetvianet

काठमाडौं– आज शुक्रबार मिथिलाञ्चलका महिलाहरुले वट सावित्री (बरसाइत)पर्व निष्ठाका साथ मनाउँदैछन्। जेठ महिनाको अमावश्या तिथिका दिन मैथिल महिलाहरुले व्रत बसेर वरको रुखको पूजा विशेष विधानका साथ गर्ने गर्छन्। 

Kumaribank

संस्कृतिविद् डा. रेवतीरमणका अनुसार हिन्दू धर्ममा वरको रुखको पूजा गर्ने पुरानै परम्परा रहेको छ। प्रकृति पूजालाई सनातनदेखि नै धर्मको रुपमा लिइँदै आइएको छ। उनले मिथिलामा समेत प्रकृति पूजाको विशेष स्थान रहेको र यहाँ मनाइने प्रायः पर्व–तिहार ऋतु र प्रकृतिसँग सम्बद्ध रहेको बताए।

संस्कृतिको धनी रहेको मिथिलामा वट सावित्रीको व्रत बस्ने व्रतालु महिलाहरुले अनिवार्य वरको रुखको पूजा गर्ने गरेका छन्। मान्यताअनुसार यस दिन सधवा महिलाहरुले आफ्नो दिर्घ शौभाग्यको कामना गर्दै व्रत बस्ने गर्छन्।

शाास्त्रअनुसार वरको रुखमा त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेशको वास हुन्छ। वटवृक्षको जरामा ब्रह्मा, बीचको खाँबोमा विष्णु र लहरा तथा पातमा महादेवको वास हुन्छ भने तलतिर लत्रेको शाखाहरुमा सावित्रीको बास हुने बताइएको छ।

संस्कृतिविद् डा. रमणले जेष्ठमासको अमवष्या तिथिको दिन पर्ने वट सावित्रीको पूजामा मिथिलाका महिलाहरुले माता सावित्रीको पतिपरायणता देखेर यमराजले समेत उनका पति सत्यवानलाई आयुको वरदान र जीवनदान दिएको स्मरण गर्दै व्रत बस्ने र पूजा गर्ने परम्परा रहेको बताए। उनले त्यतिबेला देखि नै वटवृक्षको पूजा गर्नाले श्रीमानलाई लामो आयुको वरदान प्राप्त हुन्छ भन्ने मान्यता विद्यमान रहेको बताए।

Metro Mart

यस दिन महिलाहरुले आफ्ना श्रीमान माथि आइलाग्ने संकट हरण र दिर्घायुका कामनासहित व्रत बस्ने गरेका छन्। व्रत बस्नुभन्दा एक दिनअघि नै महिलाहरु विभिन्न पवित्र जलाशयमा गएर स्नान गरी शुद्ध सात्विक खाने गर्ने चलन छ। 

यस दिन महिलाहरु वरको रुखको जरामा पवित्र जल अर्पण गरेर मौसमी विभिन्न फलफूल चढाउने, दियो बाल्ने र रुखलाई रातो–पहेलो धागाले पाँचदेखि सात फन्को बाँध्ने तथा परिक्रममा गरेर विधानका साथ पूजा गर्ने चलन रहेको संस्कृतिविद् रमण बताउँछन्।  
 

प्रकाशित: May 19, 2023| 06:24 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्