बुधबार, भदौ ३, २०८३

साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं- भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’ मा नेपाल समूह  ‘ए’ मा परेको छ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको १४ औँ संस्करणको साफ च्याम्पियनसिपको समूह विभाजनमा नेपाल सो समूहमा परेको हो।

आगामी जुन २१ देखि जुलाई ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन्। नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन्।

यसैगरी, समूह ‘बी’ मा माल्दिभ्स, लेबनान, भुटान र बङ्गलादेश रहेका छन्। फिफाको प्रतिबन्धको कारण यस संस्करणमा श्रीलङ्का सहभागी छैन।

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो। नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको थियो।

saf5461684328491.jpg

प्रकाशित: May 17, 2023| 21:47 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्