बिहीबार, फागुन २८, २०८२

सुत्केरीको १२ महिनाभित्र हुनसक्ने अनिच्छित गर्भ कसरी रोक्ने?

 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

सुत्केरीपश्चात् पहिलो १२ महिनाभित्रको अवधिमा महिलाहरुमा अनिच्छित गर्भ रहने सम्भावना उच्च रहने हुँदा सो समयमा उपयुक्त गर्भनिरोधक साधन प्रयोग गरी अनिच्छित गर्भ रोक्न सकिन्छ।

National life

बच्चा जन्मिएको कम्तिमा २ वर्ष गर्भान्तर नपुगी पुन: गर्भ रहेमा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर गरी आमा र बच्चाको मृत्यु पनि हुन सक्छ।

सुत्केरी भएको एक महिनापछि महिनावारी नफर्कदैं गर्भनिरोधक साधनहरुको प्रयोग बिना यौन सम्पर्क भएमा गर्भ रहन सक्छ। त्यसैले महिनावारी नफर्किए पनि गर्भनिरोधक साधनहरुको प्रयोग गर्नुपर्छ। सुत्केरी अवस्थामा गर्भनिरोधक साधनहरुको प्रयोगले आमा र बच्चाको स्वास्थ्यमा कुनै हानी पुर्‍याउँदैन।

सुत्केरी हुने बितिक्कै प्रयोग गर्न सकिने साधन/बिधि
- साधन : आइ.यु.सी.डी., इम्प्लान्ट
- बिधि : स्थायी बन्ध्याकरण

 सुत्केरी भएको एक बर्ष सम्म प्रयोग गर्न मिल्ने गर्भनिरोधक साधनहरु
- पिल्स (स्तनपान गराउने महिलाले सुत्केरी भएको ६ महिनापछि)
- तिन महिने सुइ (डी.पो प्रोभेरा) सुत्केरी भएको ४५ दिन पछी

Laxmi sunrise bank
kumari

गर्भ जाँच गराउने समयमा नै स्वास्थ्यकर्मीसँग सुत्केरी पश्चात प्रयोग गर्ने गर्भनिरोधक साधनबारे परामर्श लिई अग्रिम निर्णय गरेमा सुत्केरी हुने बितिकै गर्भनिरोधक साधनहरु प्रयोग गर्न सहज हुन्छ साथै सुत्केरी पश्चात पनि स्वास्थ्यकर्मिसँग साधन प्रयोग बारे परामर्श लिन सकिनेछ।

सुत्केरी तथा गर्भपतन भएका/गराएका महिलाहरुले स्वस्थ्यकर्मीको परामर्श अनुसार आफूलाई उपयुक्त हुने विभिन्न किसिमको गर्भ निरोधक साधनहरु प्रयोग गर्न सक्छन्। बच्चा जन्मिएपछि एक बर्षको अवधिमा सुत्केरी महिलाहरुले आफ्नो र शिशुको स्वास्थ्यका लागि धेरै कुराहरुमा ध्यान पुर्याउनु पर्दछ । ती मध्ये आमा र शिशुको स्वास्थ्यका लागि २४ महिना भन्दा कम अवधिको फरकमा गर्भ रहन नदिनु एक महत्वपूर्ण कुरा हो जसको लागि गर्भनिरोधक साधनहरु प्रयोग गरेर आमा र बच्चा स्वस्थ राख्न सकिन्छ।

सुत्केरी भएको २४ महिनाभन्दा अगाडिको समयमा पुन: गर्भवती भएमा जन्मिने शिशु सानो र कम तौल भएको, अनि समयभन्दा चाडै जन्मिने, शारीरिक मानसिक बृद्धि राम्ररी नहुने जस्ता असरहरु देखिने गर्छन र साथै आमाको स्वास्थ्यमा पनि रक्तअल्पता तथा प्रशव अवस्थामा जटिलता भएर आमाको मृत्यु समेत हुने जस्ता समस्या देखिन सक्छन| त्यसैले गर्भनिरोधक साधनहरुको प्रयोग गरि उचित गर्भान्तर कायम गर्नुपर्छ।

गर्भ निरोधकका साधनहरुको प्रयोग गरेर सहि अवधिको गर्भान्तर कायम गर्न सकेमा यसले आमा र बच्चाको स्वास्थ्य सुधार गर्न मद्दत पुर्‍याउनुका साथै यसले महिलाहरुको शिक्षा, सशक्तीकरण र सर्वाङ्गण विकास गर्न मद्दत पुर्‍याउँछ। सुत्केरी अवस्थामा गर्भनिरोधक साधनहरुको प्रयोगले आमा र बच्चाको स्वास्थ्यमा कुनै हानी पुर्याउँदैन।

प्रकाशित: May 18, 2023| 05:44 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्