बुधबार, वैशाख १२, २०८१

साफ च्याम्पियनसिपः नेपाल–भारत एउटै समूहमा

बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गरेको लक्की ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन्। 
 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं– आगामी ६ देखि १८ असारसम्म आयोजना हुने पुरुष साफ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा छानिएका छन्।

triton college

बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गरेको लक्की ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन्।  समूह ‘बी’ मा लेबानन्, माल्दिभ्स, भुटान र बंगलादेश छन्।

भारतको बेंगलुरुमा हुने च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउनेछन्।

फिफा प्रतिबन्धको कारण यो संस्करणमा श्रीलंका सहभागी हुने छैन। कुवेत र लेबनानले आमन्त्रित टिमको रूपमा खेल्नेछन्।

प्रकाशित: May 17, 2023| 14:06 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्