शुक्रबार, माघ २३, २०८२

आईपीएलमा मुम्बईमाथि लखनउको रोमान्चक जित

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

इन्डियन प्रिमियर लिगको ६३ औं खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ। १५ अंकका साथ तेस्रो स्थानमा रहँदै लखनउले प्लेअफ सम्भावना मजबुत बनाएको हो।

National life

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पाँच पटकको च्याम्पियन मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो। मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशन ३९ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाए पनि टोलीको हार टार्न सकेनन्।

कप्तान रोहित शर्माले २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए। मुम्बईलाई ओपनर रोहित र ईशानले पहिलो विकेटका लागि ९.४ ओभरमा ९० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

दुवै ओपनरलाई स्पिनर रवि विश्रोईले आउट गरेपछि लखनउ खेलमा फर्किएको थियो। अन्तिम १२ बलमा मुम्बईलाई जितको लागि ३० रन चाहिएको थियो। तीव्र गतिका बलर नविन उल हकलाई टिम डेविडले दोस्रो र अन्तिम बलमा छक्कासहित १९ औं ओभरमा १९ रन जोडेपछि खेल रोचक बनेको थियो। मुम्बईलाई अन्तिम ६ बलमा जितको लागि ११ रन चाहिएको थियो।

तीव्र गतिका युवा बलर मोहसिन खानले क्यामरन ग्रीन र टिम डेविडलाई मात्रै पाँच रन दिएपछि रोमान्चक जित हात पारेको हो। 
लखनउ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमा छ। अन्तिम खेल लखनउले शनिबार कोलकातासँग खेल्नेछ। उक्त खेलमा लखनउ विजयी भएमा प्लेअफमा पुग्नेछ। पराजित भएमा अन्य टोलीको नतिजामा भरपर्छ।

Laxmi sunrise bank

चेन्नई समान खेल र नतिजाका साथप १५ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ। गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको छ।

मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंक जोड्दै चौथो स्थानमा छ। मुम्बईले अन्तिम खेल आइतबार हैदराबादसँग खेल्नेछ। उक्त खेलमा विजयीसँगै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ।

प्रकाशित: May 17, 2023| 05:41 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्