बुधबार, असार ४, २०८२

आईपीएलमा गुजरात प्लेअफका लागि छनोट

 |  मंगलबार, जेठ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

vianetvianet

भारतीय ओपनर शुभमन गिलको पहिलो आईपीएल शतकको मद्दतले गुजरात टाइटन्सले सनराइज हैदरावादलाई ३४ रनले हराएको छ। यो जितसँगै डिफेन्डिङ च्याम्पियन गुजरात प्लेअफका लागि छनोट भएको छ।

गिलले ५८ बलमा १ सय १ रन बनाए र उनले साई सुदर्शनसँग १ सय ४७ रनको साझेदारी गरे। साइले ४७ रन बनाए र टिमले ९ विकेटमा १ सय ८८ रन बनायो।

लिग तालिकाको शीर्ष स्थानमा रहेको गुजरातका लागि मोहम्मद सामी र मोहित शर्माले चार-चार विकेट लिए। हैदरावादले नौ विकेटमा १ सय ५४ रन मात्र बनाउन सक्यो।

यो जितपछि गुजरात प्लेअफमा प्रवेश गर्ने पहिलो टिम बनेको छ। गत वर्ष डेब्यु सिजन नै उपाधि जितेको गुजरात शीर्ष दुई स्थानमा रहने पनि निश्चित भएको छ। सन् २०१६ को च्याम्पियन हैदरावादको भने प्लेअफको सम्भावना समाप्त भएको छ ।
 

प्रकाशित: May 16, 2023| 07:03 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्