शुक्रबार, माघ २३, २०८२

त्रिभुवन आर्मी क्लबले जित्यो बिच भलिबल उपाधि 

पाल्पाको रानीमहलमा भएको खेलामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल। 
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

पाल्पा- राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। पाल्पाको रानीमहलमा भएको खेलामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पार्न सफलता पाएको हो। 

National life

पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र दुर्गाप्रसाद महत्तोको जोडीले पुलिसका इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएर जित हासिल गरेको हो। 

उपाधिसहित आर्मी १ लाख ५० हजार र उपविजेता बनेको पुलिस १ लाख रकम प्राप्त गर्न सफल भए। अर्को विभागीय टोली सशस्त्र प्रहरी बलले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो स्थान ओगटेको छ।

एपीएफले ५० हजार र कर्णालीले २५ हजार प्राप्त गरेको छ। आर्मीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। उनले १० हजार हात पारेका छन्। २८ वैशाखबाट रानीमहल प्रांगणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस गरी पाँच प्रदेश, तीन विभागीय क्लब तथा आयोजक गरी ९ टोली सहभागी थिए।

राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई ‘बिच’ भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरु गरिएको हो।
खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको छ। 

Laxmi sunrise bank

प्रकाशित: May 14, 2023| 14:28 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्