शुक्रबार, माघ २३, २०८२

रानीमहलमा खेलाइँदै राष्ट्रिय बिच भलिबल

प्रतियोगितामा ६ प्रदेश, ३ विभागीय टोली र आयोजक गरी १० टोलीको सहभागिता रहनेछ।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं– प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहलमा आयोजना हुने राष्ट्रिय पुरुष बिच भलिबल स्पर्धाको सबै तयारी पूरा भएको छ।

National life

२८ देखि ३० वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताबारे आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

प्रतियोगितामा ६ प्रदेश, ३ विभागीय टोली र आयोजक गरी १० टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, मधेस, बागमती प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टोली सहभागी हुनेछन्।

लिग र नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता उद्घाटन २८ वैशाखमा हुने फाउन्डेसन अध्यक्ष निरोज मास्केले बताइन्। बिहीबार बेलुकीसम्म प्रतियोगितामा सहभागी हुने सबै टोली र अफिसियल तानसेन आइपुग्ने उनको भनाइ छ।

प्रतियोगिता विजेता टोलीले डेढ लाखसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। उपविजेता टोलीले १ लाखसहित ट्रफी र मेडल तथा तेस्रो हुने टोलीले ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। प्रतियोगिताको अन्तिम दिन ३० वैशाख बिहान रानीमहल दौडको समेत आयोजना गरिनेछ। 

Laxmi sunrise bank

राखेपको सहयोग र नेपाल भलिबल संघको सद्भावमा आयोजित प्रतियोगिता नेपालको बिच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहल प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ।

प्रकाशित: May 09, 2023| 13:53 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्