शनिबार, असार १३, २०८३

निलम्बन फुकुवा भएपछि प्रशिक्षणमा फर्किए मेस्सी

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना स्टार खेलाडी लियोनल मेस्सीमाथिको निलम्बन फुकुवा गरेको छ।

National life

पीएसजीले क्लबसँग स्वीकृति नलिई साउदी अरबको भ्रमण गरेको भन्दै गत बुधबार यी अर्जेन्टिनी स्टारलाई दुई साताका लागि निलम्बन गरेको थियो।

त्यसपछि मेस्सीले गत शुक्रबार एक भिडियो सन्देश जारी गर्दै आफ्नो गल्तीका लागि पीएसजीसँग माफी मागेका थिए। मेस्सीले आफू क्लबको स्वीकृति बिना साउदी गएको स्वीकार गरेका थिए।

मेस्सीले माफी मागेपछि पीएसजीले उनको निलम्बन फुकुवा गरेको हो। मेसी क्लबको नियमित प्रशिक्षणमा पनि फर्किएका छन्। पीएसजीले मेस्सी प्रशिक्षणमा फर्किएको जनाउँदै सोमबार एक तस्बिर पनि सार्वजनिक गरेको छ।

मेस्सीको अनुपस्थितिमा आइतबार राति पीएसजीले फ्रेन्च लिगमा ट्रोयसलाई ३-१ गोलले हराएको थियो। पीएसजी यो सिजन फ्रेन्च लिगको उपाधिनजिक छ।  

Shivam cement

प्रकाशित: May 08, 2023| 19:55 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्