काठमाडौं- इंग्लिस ब्याटर फिल साल्टको उत्कृष्ट पारीको मद्दतमा भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ। दिल्लीले गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गरेको हो।
बैंग्लोरले दिएको १ सय ८२ रनको लक्ष्य दिल्लीले १६.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि साल्टले ४५ बलमा ८ चौका र ६ छक्कासहित ८७ रनको आक्रामक इनिङ खेले।
यस्तै, रिली रुसोले अविजित ३५, मिचेल मार्शले २६ र कप्तान डेविड वार्नरले २२ रनको योगदान दिए । बैंग्लोरका लागि जोस हेजलउड, हर्षल पटेल र कर्ण शर्माले १/१ विकेट लिए।
त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस जितेर ब्याटिङ राजेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो।