बिहीबार, भदौ ४, २०८३

टुकुचेमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

मुस्ताङको थासाङ-१ टुकुचेमा शनिबार बिहान करिव ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

मसोम- मुस्ताङको थासाङ-१ टुकुचेमा शनिबार बिहान करिव ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।

कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माण स्थलतर्फ लैजाँदै गर्दा ग१त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा धौलागिरी गाउँपालिका-३ दरक बस्ने ३४ वर्षीय तकबहादुर बुढाको इन्जिनले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। ट्याक्टर थासाङ-२ बस्ने नगेन्द्र फगानीको रहेको बताइएको छ।

टयाक्टर दुर्घटना भएको सूचनापछि प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलसहितको टोली घटना स्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ।

प्रकाशित: May 06, 2023| 11:42 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्