बिहीबार, भदौ ४, २०८३

छतबाट लडेर सप्तरीमा ९ वर्षीय बालकको मृत्यु

राजविराजस्थित एक छात्रावासको तेस्रो तलाबाट लडेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

राजविराज- राजविराजस्थित एक छात्रावासको तेस्रो तलाबाट लडेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ।

राजविराज-७ स्थित प्यारागन विद्यालयको तेस्रो तलाबाट लडेर डाकनेश्वरी नगरपालिका-७ का ९ वर्षीय मोहम्मद ममताजको बिहीबार साँझ ज्यान गएको हो। उनी कक्षा २ मा अध्ययनरत थिए।

प्यारागन विद्यालयमा कक्षासँगै छात्रावाससमेत राखिएको छ। गत वैशाख १२ गते मात्र सो विद्यालय र छात्रावासमा भर्ना भएका बालक ममताज भर्ना भएको २ दिनपछि पैतालामा घाउ भएर अभिभावकसँग घर गएका थिए। वैशाख २१ गते बिहीबार साढे १२ बजे मात्र छात्रावास आएका उनी साँझ ५ बजेर ३९ मिनेटमा छतबाट लडेका थिए।

छात्रावासमा ट्युसन पढिरहेका बेला साढे ५ बजे एउटा शिक्षकको पालो समाप्त भएको र त्यसपछि विद्यालयमा प्रिन्सिपल उमाकान्त साहले ट्युसन कक्षा लिने तयारी थियो। तर, साह ट्युसन कक्षामा पुग्न केही मिनेट ढिलाइ भएको खाली समयमा विद्यार्थीलाई हेर्ने कोही नभएपछि विद्यालयको तेस्रो तल्लाको छतमा गएका बालक ममताज त्यहाँबाट लडेका थिए। त्यो तल्लामा रेलिङ छैन। रेलिङ नहुँदा तल हेर्ने क्रममा बालक लडेको हुन सक्ने अनुमान गरिएको छ।

तेस्रो तल्लाबाट लडेपछि बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याएको केहीबेरमै उनको ज्यान गएको थियो। सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: May 06, 2023| 10:28 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्