बिहीबार, भदौ ४, २०८३

चितवनमा सात वर्षमा ३० बाघ मरे

विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन्।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

चितवन- विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन्। आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन्। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन्। आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ। मृत भेटिएका बाघमा बुढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँचवटा कारण नखुलेको पाइएको छ।

यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा एक, २०७३/०७४ मा चार, २०७४/०७५ मा छ, २०७५/०७६ मा आठ बाघ मृत भेटिएको थियो। आव २०७६/०७७ मा तीन, २०७७/०७८ मा दुई र २०७८/०७९ मा ६ वटा बाघ मृत भेटिएका थिए। चालू आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेको छ। 

सङ्ख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने सङ्ख्या बढेको तिवारीले बताए। निकुञ्जको तथ्याङ्कअनुसार चालू आवको चैत मसान्तसम्ममा ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन्। यस्तै, ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ। रासस 

प्रकाशित: May 06, 2023| 09:35 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्