काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक बाँस्कोटाकी छोरी प्रमिला बाँस्कोटा सुवेदीको अमेरिकामा सडक दुर्घटनामा परि मृत्यु भएको छ।
४६ वर्षीया प्रमिलाले चलाएको गाडीलाई ट्रकले ठक्कर दिँदा बिहीबार साँझ उनको निधन भएका हो।
उनी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक (डीआरसी) रामकुमार सुवेदीकी धर्मपत्नी तथा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाकी दिदी हुन्।
प्रमिला अमेरिकाको गाडी टेक्ससमा दुर्घटनामा परेको हो। छोरालाई स्कुल पुर्याएर फर्किन क्रमममा दुर्घटना भएको बताइएको छ।
उनको परिवार झण्डै २० वर्षअघि देखि ड्यालसमा बस्दै आएको थियो। उनको नेपालस्थित पुर्ख्यौली घर पाँचथर हो।