बिहीबार, भदौ ४, २०८३

बिहानै घाम लागेको काठमाडौंमा दिउँसोको मौसम कस्तो रहला?

देशका धेरै ठाउँमा अहिले मौसम सफा रहेको छ। काठमाडौंमा बिहानैदेखि घाम चर्किएको छ।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं– देशका धेरै ठाउँमा अहिले मौसम सफा रहेको छ। काठमाडौंमा बिहानैदेखि घाम चर्किएको छ।

गएको शनिबारदेखि लगातार झरी परेको काठमाण्डौमा हिजोदेखि मौसममा सुधार आएको हो। वर्षा भैरहेका देशका अरु ठाउँको मौसममा पनि सुधार हुँदै गएको छ।

आज काठमाडौंमा पानी नपर्ने, तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी केही ठाउँमा दिउँसोपछि मौसम आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले बताए।

आज राति पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने तथा बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ। देशका पश्चिमी क्षेत्रको पहाडी क्षेत्रमा दुई/तीन दिन मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। 

प्रि–मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले चट्याङ्गबाट हुनसक्ने जोखिम बच्न आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन मौसमविद्को सुझाव छ।
 

प्रकाशित: May 06, 2023| 08:08 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्