बिहीबार, भदौ ४, २०८३

आज पानी पर्ने सम्भावना कति?

 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं- देशका अधिकांश भू–भागमा आज बिहान मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

विभागका अनुसार आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
 

प्रकाशित: May 06, 2023| 06:45 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्