काठमाडौं- सन् २०२३ का लागि आवेदन दिइएको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा आज राति सार्वजनिक हुँदैछ। नेपाली समयअनुसार राति करिब ९:४५ बजे डीभीको नतिजा आउने छ।
अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर डीभी परे/नपरेको हेर्न सकिन्छ। नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर चाहिन्छ। छनोट हुने आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी सोही साइटमा उपलब्ध हुने छ।
डीभी परेको भन्दै विभिन्न अपरिचित व्यक्ति, समूहले इमेल, फोनसमेत गर्ने गरेका छन्। यस्तोमा विश्वास नगर्न काठमाडौंस्थित अमेरिकी दूतावासले आग्रह गरेको छ। दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको इमेल गर्दैनन्।