शुक्रबार, माघ २३, २०८२

चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लियो

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- इंग्लिस प्रिमियर लिगको जारी खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ। घरेलु मैदानमा चेल्सीलाई ३–१ ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लिएको छ। चेल्सीको यो लगातार छैटौँ हार हो। 

National life

इमिरेट्स स्टेडियममा मंगलबार राती भएको खेलमा आर्सनलले पहिलो हाफ नै ३ गोल गरेर आफ्नो मजबुत पकड कायम गरेको थियो। खेलको १८औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाउन सुरु गरे। 

त्यसको १३ मिनेट पछि अर्थात ३१औं मिनेटमा झाँकाकै पासमा ओडेडार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारिदिए।
आर्सनल यतिमा नै रोकिएन, दोस्रो गोल गरेको १ मिनेट पछि अर्थात ३४औं मिनेटमा जेससले थप गोल गरे पछि पहिलो हाफमै आर्सनलले ३–० को को राम्रो पकड लिन सफल भयो। 

उता, दोस्रो हाफको ६५औ मिनेटमा चेल्सीका लागि नोनीले गोल फर्काए पछि खेल ३–१ को स्थितिमा रहन पुग्यो। त्यसपछि एक अर्काको पोष्टमा गोल गर्नका लागि दुवै टिमले प्रयास गरे पनि सफल भएनन्। अन्ततः ३–१ को अन्तरले आर्सनल बिजयी भयो।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले ३४ खेलबाट ७८ अंक बटुलेको छ भने पराजित चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर १२औं स्थानमा सीमित रहेको छ।

Laxmi sunrise bank

प्रकाशित: May 03, 2023| 08:23 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्