शनिबार, असार १३, २०८३

रास्वपाको प्रस्ताव- एसिया कप नेपालमा गर्न पहल थालौं

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- एसिया कप क्रिकेटको समूह चरणका खेल नेपालमा खेलाउने पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ। रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदा यो एजेण्डा सामेल गर्नुपर्ने मागसहित प्रेस विज्ञप्ति निकालेको छ।

National life

टीयू क्रिकेट मैदानमा मंगलबार नेपालले एसीसी प्रिमियर कपमा यूएईलाई पराजित गर्दै एसिया कपमा प्रवेश गर्‍यो। त्यसलगत्तै रास्वपाले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै प्रेस विज्ञप्ति निकाल्यो। 

‘नेपाली क्रिकेट टिमले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यूएईलाई पराजित गरी नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ। यससँगै नेपाल एसिया कपका लागि छनोट हुन सफल भएको छ र आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्ने मौका पाएको छ,' रास्वपाले निकालेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली क्रिकेट टिमलाई आजको महत्त्वपूर्ण जितका लागि धेरैधेरै बधाई।’

 

Shivam cement

प्रकाशित: May 02, 2023| 19:32 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्